images
images

श्रीलंकामा इन्धन सकियो, अब १ दिनका लागि मात्र पुग्ने इन्धन बाँकी


  • 344
    SHARES
  • २०७९ आषाढ २० गते सोमबार

    श्रीलंकामा इन्धन सकियो, अब १ दिनका लागि मात्र पुग्ने इन्धन बाँकी

    काठमाडौं । आर्थिक संकट झेलिरहेको श्रीलंकामा इन्धन सकिनै लागेको छ ।  ऊर्जामन्त्री कञ्चना विजेसेखेराले एक दिनका लागि मात्र इन्धनको सञ्चित रहेको बताएका छन् ।  विजेसेखेराका अनुसार मुलुकमा करिब ४ हजार टन पेट्रोलको भण्डार रहेको र त्यो एक दिनको खपतभन्दा केही कमी भएको जानकारी दिएका छन् ।

    त्यहाँ तेल अभावले सार्वजनिक यातायात ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारीसाधनको लामो लाइन छ । अधिकांश पम्पिङ स्टेसनमा केही दिनदेखि नै इन्धन सकिएको थियो । 

    गत हप्ता, नगद अभावको कारण श्रीलंकाले पेट्रोल र डिजल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि ईन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो । सोमबार बैंक तथा कार्यालयहरू पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित देशभरका अधिकांश पेट्रोल पम्पहरू आइतबारदेखि बन्द भएका छन् । 


    images
    images

    Logo