images
images

आईजीपी नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाई आज


  • 295
    SHARES
  • २०७९ आषाढ १९ गते आइतबार

    आईजीपी नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाई आज

    काठमाडौं । नेपाल प्रहरीको प्रमुख (आईजीपी) बढुवा सम्बन्धी विवादको हेर्दाहेर्दैमा रहेको अन्तिम सुनुवाइ आज हुँदैछ । 

    सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।
    यसअघि अन्तिमपटक असार १३ गते भएको सुनुवाइ सरकार पक्षका कानुन व्यवसायीको बहस नसकिएपछि हेर्दाहेर्दैंमा रहेको थियो । 

    आफुभन्दा १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजिपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । बैशाख २२ गते न्यायाधीश सुश्मलता माथेमाले प्रारम्भिक सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेकी थिइन् । 

    जेठ ३० गते सुरु भएको अन्तिम सुनुवाइ तीनपटक हेर्दाहेर्दैमा बसिसकेको छ । यसबीचमा असार ५ र असार १३ गते पनि सुनुवाइ भएको हो । निवेदकका कानुन व्यवसायीको बहस सकिएको छ ।

    वैशाख १९ देखि बिदामा बसेका एआईजी पोखरेल एआईजीमै कायम रहे आगामी साउन २० गतेबाट अवकाश पाउनेछन् ।


    images
    images

    Logo