images
images

काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय संयुक्त डिग्री कार्यक्रमको थालनी


  • 352
    SHARES
  • २०७९ आषाढ १८ गते शनिबार

    काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय संयुक्त डिग्री कार्यक्रमको थालनी

    काठमाडौं । काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय संयुक्त डिग्री कार्यक्रमको थालनी गरेको छ । काठमाडौं विश्वविद्यालय (के.यु) ले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आई.आई.टी.म.) सँग संयुक्त रूपमा डिग्री प्रदान गरिने इनर्जी सिस्टम्समा अन्तर्राष्ट्रिय स्नातकोत्तर कार्यक्रमको लागि सहकार्य गरेको हो। विद्यार्थी भर्नाको पहिलो ब्याचको लागि आवेदन हालै आव्हान गरिएको छ।

    भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा काठमाडौं विश्वविद्यालय (के.यु) र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आई.आई.टी.म.) बीच भएको बिच प्राज्ञिक गतिविधिमा सहकार्य गर्ने समझदारी पत्र एवं सम्झौता अनुरुप के।यु। र आई।आई।टी मद्रासद्वारा संयुक्त रुपमा प्रमाणपत्र प्रदान गर्ने गरी “मास्टर्स अफ टेक्नोलोजी इन इनर्जी सिस्टम्स” कार्यक्रमको थालनी भएको हो।

    सन् १६ मे २०२२ का दिन स्कुल अफ इन्जिनियरिङ, काठमाडौं विश्वविद्यालय, धुलिखेल, नेपाल र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास, भारतद्वारा यी दुई संस्थाबीच सन् २० जुलाई १९९८ मा हस्ताक्षर गरिएको समझदारी पत्रको नवीकरणको रूपमा एक समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । नेपालको लुम्बिनीमा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री श्री शेर बहादुर देउवाको उपस्थितिमा उक्त समझदारी पत्र हस्ताक्षर समारोह सम्पन्न भएको थियो । 

    उक्त समझदारी पत्रले यी दुई संस्थाबीच शिक्षक तथा विद्यार्थी आदानप्रदान, अध्यापन, अनुसन्धान, विकास, परामर्श, अध्ययन, शैक्षिक सामग्री र प्रकाशनको आदानप्रदान र सांस्कृतिक तथा बौद्धिक सम्वृद्धिका अवसरहरूको आधार तयार गरेको छकाठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रासद्वारा संयुक्त रुपमा सञ्चालन गरिने दुईवर्षे  भएको छ । 

    उक्त कार्यक्रमको मूल उद्देश्य विद्यार्थीहरुलाई उर्जाका विभिन्न क्षेत्रमा रहेका आधारभूत सीपहरु उपलब्ध गराउनु रहेको र सफलतापूर्वक उक्त कार्यक्रम पूरा गर्ने विद्यार्थीहरुलाई यी दुवै विशिष्टिकृत संस्थाको लोगो अंकित शैक्षिक प्रमाण पत्र र ट्रान्सक्रिप्टद्वारा दिक्षित गरिने जानकारी विश्वविद्यालयका एसोसिएट प्रोफेसर विराजसिंह थापाले दिए । 

     साथै उक्त कार्यक्रम काठमाडौँ विश्वविद्यालयको इतिहासमा पहिलोपटक हुन गइरहेको र सो कार्यक्रमका लागि आफू उत्साहित रहेको जानकारी दिए ।

    उक्त कार्यक्रमले दुवै विशिष्टिकृत संस्थाका एरोनटिकल, एप्लाइड मेकानिक्स, केमिकल, सिभिल, इलेक्ट्रिकल, मेकानिकल, वातावरण, मेटलर्जिकल, मटेरियल इन्जिनियरिङ्, ओशन इन्जिनियरिङ, रसायन विज्ञान, भौतिक विज्ञान, मानविकी, र सामाजिक विभागहरूका विशेषज्ञतालाई एकीकृत गरी उर्जा, प्रविधी र समाजका विभिन्न
    बहुआयामिक पक्षहरुमा टेवा पुर्याउनेछ । 

    उक्त कार्यक्रमको शैक्षिक सत्र २५ जुलाई २०२२ बाट सुरु हुनेछ र सो अनुरुप पहिलो र दोस्रो सेमेस्टर काठमाडौं विश्वविद्यालयमा सञ्चालन हुनेछन् र पठनपाठन का गतिविधी भने दुबै शिक्षण संस्थाहरुद्वारा हाइब्रिड मोडमा गरिनेछ, साथै पछिल्ला सेमेस्टरका पठनपाठन तथा प्रयोगशालाका कार्यहरु इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रासमा सञ्चालन हुनेछन् । 


    images
    images

    Logo