images
images

थाई स्माइलको काठमाडौँ–बैङ्कक उडान शुरु


  • 419
    SHARES
  • २०७९ आषाढ १७ गते शुक्रबार

    थाई स्माइलको काठमाडौँ–बैङ्कक उडान शुरु

    काठमाडौं । वायुसेवा कम्पनी थाई स्माइल एयरवेजले काठमाडौंदेखि बैङ्ककसम्मको हवाई उडान सेवा सुचारु गरेको छ । असार १७ देखि काठमाडौं–बैङ्कक दुई तर्फी हवाई सेवा प्रारम्भ भएको हो ।

    सोही मिति देखि दैनिक रुपमा काठमाडौँं–बैङ्कक हवाई सेवा सञ्चालन गर्ने थाई स्माइल एयरवेजको योजना रहेको छ । यस रुटको लागि तोकिएको एयरबस–३२० मा इकोनोमी क्लासमा १५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिटको क्षमता रहेको छ । जसमा अन–बोर्ड मिल सर्भिस (विमान भित्रै खानाको सुविधा) पनि रहेको छ ।

    थाई स्माइलले थाइल्यान्डको फुकेट र पटाया लगायत अन्य सम्पूर्ण आन्तरिक विमानस्थलहरुमा उडान भर्छ भने थाई एयरवेज ईन्टरन्यासनलले अष्ट्रेलिया, जापान र क्वालालम्पुर जस्ता अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सेवा प्रदान गर्दछ ।

    आरआर ग्रुप अफ कम्पनिज अन्तर्गतको एक संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसले थाई स्माइल एयरवेजका लागि बिक्री, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाको साथै सम्पूर्ण ग्राहक र एजेन्सी सपोर्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

    थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड (थाई) को सहायक वायुसेवा कम्पनी थाई स्माइल एयरवेजका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भिसेट सोन्तिचाले भने “काठमाडौँ–बैङ्कक हवाई सेवाको शुरुवात गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । यसले निश्चित रूपमा बैङ्कक र एशियाका अन्य प्रमुख शहरहरू बीच बढ्दै गईरहेको हाम्रो सम्बन्धलाई अझै बलियो बनाउनेछ । 

    हामीलाई विश्वास छ कि यो नयाँं यात्रुवाहक उडान सेवाले नेपाल–थाइल्याण्ड सम्बन्धमा अर्को सुनौलो आयाम थप्नेछ । साथै हामीलाई यो पनि विश्वास छ कि यस रुटको शुरुवात सँगै नेपाल बिस्तारै मध्य–दक्षिण एसिया र अन्य एसियाली मुलुकहरुका लागि पनि पर्यटकिय आकर्षणको केन्द्र हुनेछ ।”

    सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भने “थाई स्माइलको हवाई उडान सेवा शुरु गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । 

    सन् १९६८ देखि थाई एयरवेज इन्टरनेशनलले सेवा प्रदान गरेको रुटमा पुनः हवाई सेवा सुचारु गर्दै यसले नेपाल र थाइल्याण्डको सम्बन्ध अझ नजिक बनाएको छ । यसको साथै यो उडानले दुवै देशको पर्यटन प्रवद्र्धन गर्दै अर्थतन्त्रलाई पनि उकास्नेछ ।”

     

     

     

     

     

     

     

     

     


    images
    images

    Logo