काठमाडौं । सानिमा बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारमा पनि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन ब्रान्ड प्रवर्द्धक कलाकार मदनकृष्ण श्रेष्ठ र बैंकका सञ्चालक गायत्री थापाले संयुक्त रुपमा गरेका थिए।
त्यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंककका ग्राहक तथा समस्त सरोकारवालाहरुलाई निरन्तर सहयोग एवम् सदभावका लागि कृतज्ञता व्यक्त गरे । बैंकको सातै प्रदेशको कुल शाखा १२७ पुगेको छ भने ११८ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।