काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिक्षा मागे कारबाहि गर्ने चेतावनी दिएको छ । शुक्रबार महानगरले सुचना जारी गर्दै सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न रोक लगाएको हो ।
महानगरले कुनै धार्मिक कार्यका लागि र साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग्न भने रोक लगाएको छैन ।
महानगरले यो सुचना प्रकाशित भएको १० दिन भित्रमा यस्तो कार्य गर्न नछोडे कानुन बमोजिम कारबाहि गर्ने समेत सुचनामा जनाइएको छ । साथै महानगरले असाहय, अनाथ, वेवारिसे अशक्त लगायतका व्यक्तीहरुका लागि मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको महानगरले जनाएको छ ।
