काठमाडौं । राष्ट्र बैंकले दियो चार ठूला बैंकलाई मर्जरमा जानका लागि सैद्दान्तिक सहमति दिएको छ । बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट–मेगा बैंक र ग्लोवल आइएमई–बैंक अफ काठमाण्डूलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति दिएको हो ।
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते मर्जरमा जाने सम्झौता गरेका थिए । त्यस्तै, ग्लोवल आइएमई र बैंक अफ काठमाण्डूबीच असार २ गते मर्जरमा जाने सम्झौता गरेका थिए ।
हिमालयन बैंकसँगको मर्जर प्रकृया तोडिए पछि इन्भेष्टमेण्ट बैंकले मेगा बैंकसँग मर्जर सम्झौता गरेको हो । मेगा बैंकको १०० कित्ता शेयर बराबर इन्भेष्टमेण्ट बैंकको ९० कित्ता शेयर हुने गरी सम्झौतामा भएको थियो । मर्जर पछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेगरि सम्झौता भएको थियो । दुई बैंक मर्ज भएपछि चुक्ता पुँजी ३३ अर्ब हाराहारी पुग्नेछ ।
त्यस्तै, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरमा जाने सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक र बैंकअफ काठमाण्डूबीच १ः१ को अनुपातमा मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको हो । दुई बैंक मर्ज भएपछि चुक्ता पुँजी ३५ अर्ब हुने छ ।
यसका साथै ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू मर्जपछि बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकाल र सीईओ रत्नराज बज्राचार्य बन्ने सहमति भएको छ ।



