काठमाडौं । बैंकिङ कसुर मुद्धामा फरार प्रतितावादी नाम्गेल दोर्जे लामा पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले वालुवाटाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेको चौरी देउराली गाउँपालिका -९ घर भई ललितपुरको पुल्चोक बस्ने ४९ वर्षीय नाम्गेल दोर्जे लामा रहेका छन् ।
काठमाडौं जिल्ला अदालतले १ करोड २० लाख रुपैयाँ जरिवाना तोकेपछि उनी फरार भएका थिए । प्रहरी उपरीक्षक कृष्णा कुमार कोइरालाले जाहेरवालालाई झुक्यानमा पारेर खातामा रकम नभएको चेक दिई बैंकिङ कसुरजन्य अपराध गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
जिल्ला अदालतले पक्राउ परेका लामालाई २०७९ साल असार १० गते २ बर्ष कैद सजाय र १ करोड २० लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।