काठमाडौं । रुरु जलविद्युत परियोजनाले २ बटा जलविद्युतमा आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीको असार १५ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले मेवा डेभलपर्सद्धारा २ बटा जलविद्युतमा लगानी गर्ने निर्णय गरेको हो ।
जलविद्युत परियोजनाले मेवा डेभलपर्स लिमिटेडद्वारा प्रबर्दित मिडल मेवा हाइड्रोपावर आयोजना र सिवा खोला हाइड्रोपावर आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ ।