images
images

भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित


  • 345
    SHARES
  • २०७९ आषाढ १६ गते बिहीबार

    भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित

    काठमाडौं । आज गत वैशाख १७ गते भएको भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ ।

    भन्सार विभागका अनुसार लोकसेवा आयोगले लिएको लिखत परीक्षामा ८ सय ६० जना उत्तीर्ण भएकोमा ८ सय ५७ जना अन्तर्वातामा सहभागी भएका थिए । त्यसमध्ये ६ सय ६० जना नाम निकाल्न सफल भएका छन् ।

    असार ५ गतेदेखि १३ गतेसम्म लिखितमा नाम निकालेका उम्मेदवारहरूको  अन्तर्वार्ता भएको थियो ।
    लिखित र अन्तर्वार्तापछि प्राप्त गरेको औसत अंकबाट कायम भएको योग्यता क्रमका आधारमा भन्सार एजेन्ट छनोट समितिको सिफारिसमा विभागले बुधबारको छनोटको निर्णय गरेको हो ।


    images
    images

    Logo