images
images

आजको मौसम : मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना


  • 385
    SHARES
  • २०७९ आषाढ १६ गते बिहीबार

    आजको मौसम : मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ । आज  बिहान मुलुकका धेरै स्थानमा धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा र कर्णालीका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ भने राति देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।शुक्रबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार पहाडी भूभागका  धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । 

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग नजिक रहेको छ ।


    images
    images

    Logo