images
images

यस्ता छन् मंगलबारको मन्त्रिपरिषद्का १२ निर्णय


  • 357
    SHARES
  • २०७९ आषाढ १५ गते बुधबार

    यस्ता छन् मंगलबारको मन्त्रिपरिषद्का १२ निर्णय

    काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्ले विभिन्न १२ निर्णयहरु गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारले बृहत्तर जनकपुर विकास परिषद् कोषको अध्यक्षमा धनुषाका शीतल साहलाई नियुक्त गर्ने निर्णय गरेको छ।

    बैठकले लामो समयदेखि स्थायी कार्यालय सहयोगीले आफ्नो सेवा समूह र पद परिवर्तन गर्न गर्दै आएको मागलाई सम्बोधन गर्दै श्रेणीविहीन स्थायी कार्यालय सहयोगीको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ ।

    मङ्गलबारको बैठकले काठमाडौं उपत्यकाभित्रका प्रसारण लाइन र सब–स्टेसनमा संरचनाको सुधार, विस्तार र स्तरोन्नतिका लागि जग्गा प्राप्ति गर्ने र उक्त कामका लागि प्रारम्भिक कारबाही चलाउने अधिकारीसमेत तोक्ने निर्णय गरेको छ ।

    यस्तै, सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय पनि गरेको प्रवक्ता कार्कीले बताए ।

    मन्त्री कार्कीका अनुसार मङ्गलवारको बैठकले सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली–२०७९को मस्यौदामाथि लोकसेवा आयोगको परामर्श लिने, मध्य भोटेकोसी जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन विस्तारका लागि वन क्षेत्र प्रयोग गर्न दिने, भेडेटार स्काइवाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

    त्यसैगरी, बैठकले महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुख हटाउने, कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने, निजामती सेवा पुरस्कारका लागि सिफारिस समितिको सदस्य तोक्ने निर्णय गरेको छ ।

    1-29.webp

     

     


    images
    images

    Logo