काठमाडौं । त्रिवि शिक्षण अस्पतालले आफैले गरेको निर्णयबाट पछि हटेको छ । यसका साथै स्वास्थ्थ बीमा सेवालाई पुन निरन्तरता दिने भएको हो । यसअघि असार ३ गते एक सुचना जारी गर्दै अस्पतालले असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने भनेको थियो।
यसका साथै स्वास्थ्य बीमा बोर्डले असार १४ गते अस्पताललाई पत्राचार गर्दै स्वास्थ्य बीमा सम्बन्धी समस्यालाई यथाशीघ्र सम्बोधन गर्न स्वास्थ्य बीमा बोर्डको बैठक र चिकित्सकहरुसँग छलफल गरी समस्या समाधान गर्ने प्रक्रियाहरु अघि बढिसकेको जनाएपछि अस्पातालले पुन स्वास्थ्थ विमा सच्चालन गर्ने भएको हो ।
अस्पतालले दाबी गरेको बीमाको रकम सोधभर्ना पठाउने भन्दै बीमा बोर्डले पत्राचार गरे गरेकाे थियाे ।