images
images

मनोहरा खोलाको बहाव बस्ति नजिक, काठमाडौ र भक्तपुरका बस्ति जोखिममा


  • 548
    SHARES
  • २०७९ आषाढ १५ गते बुधबार

    मनोहरा खोलाको बहाव बस्ति नजिक, काठमाडौ र भक्तपुरका बस्ति जोखिममा

    काठमाडौं । मनोहरा खोलाको बहाव बस्तितिर बढ्दै गएपछि नगरपालिकाले स्थानीयलाई सर्तकता अपनाउन अनुरोध गरेको छ । 

    मनोहराले कागेश्वरी मनोहरा नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुर थिमी नगरपालिका तिन वटै नगरपालिका लाई असर गर्न लागेपछि नगरपालिकाले यी क्षेत्रमा बसोबास गर्ने मानिसलाई सचेत रहन आग्रह गरेका हुन् । 

    खोलाले दुवैतर्फको जमिन काट्दै गइरहेको छ । यसबाट विगतमा पनि मानविय क्षतिलगायत अन्य संरचनाको क्षति हुँदै आएकाले छेउछाउका बस्तिका बासिन्दालाई सचेत रहन नगरपालिकाले अनुरोध गरेको हो । 

    सो खोलाका कटानलाई नियन्त्रण गरि वहावलाई सामान्य अवस्थामा ल्याउन ३ वटै  नगरपालिकाका जनप्रतिनिधि, प्राविधिक, स्थानीय प्रशासन लगायत सरोकारवालाले स्थलगत निरिक्षण गरेका छन् । 

    मनोहरा खोलाको वहावबाट हुनसक्ने जनधनको क्षति हुनबाट रोक्न अत्यावश्यक सुधार गनुपर्ने भएकाले सो कार्यका लागि सहयोग गरिदिन समेत ३ वटै नगरपालिकाले अनुरोध गरेका हुन ।

    pr.jpg


    images
    images

    Logo