images
images

युक्रेनको सपिङ मलमा रुसी मिसाइल आक्रमण, १६ जनाको मुत्यु, ५९ जना घाइते


  • 445
    SHARES
  • २०७९ आषाढ १४ गते मंगलबार

    युक्रेनको सपिङ मलमा रुसी मिसाइल आक्रमण, १६ जनाको मुत्यु, ५९ जना घाइते

    काठमाडौं । युक्रेन सहरमा रहेको एक सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी १६ जनाको मुत्यु भएको छ भने ५९ जना घाइते भएका छन् । घाइतेमध्ये २५ जना अस्पतालमा भर्ना भएका छन् । 

    सपिङ सेन्टरमा हमलापछि भग्नावशेष हटाउने र आगो निभाउने कार्य भइरहेको छ । आक्रमणको समयमा हजारौँ सर्वसाधारण उक्त सपिङ मलमा रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

    जेलेन्स्कीले फेसबुकमा लेखेका छन् ‘मलमा आगो लागेको छ, उद्धारकर्ताहरू आगो निभाउने क्रममा छन् । पीडितहरूको संख्या कल्पना गर्न असम्भव छ’। 


    images
    images

    Logo