राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह स्थित कोशी ब्यारेज नजिक एउटा ट्रकमा आगलागी भएको छ ।
पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कोशी ब्यारेजदेखि पश्चिम पटी पर्ने कंकालिनी मन्दिरको बीचमा ना ६ ख ५२६३ नम्बरको ट्रकमा आज बिहान अचानक आगलागी भएको हो । प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेका अनुसार पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको खाली ट्रकमा ब्याट्री सर्ट भइ आगो लागेको हो ।
आगलागीबाट ट्रकको अगाडीको भागमा पुर्णरुपमा क्षति भएको छ भने अन्य भागमा समेत क्षति भएको स्थानीयवासीले जनाएका छन ।
ट्रकमा आगलागी भएपछि तत्कालै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी र हनुमानगर कंकालिनी नगरपालिकाको बारुणयन्त्रले आगो निभएका थिए ।