images
images

विपी प्रतिष्ठानले बन्द गर्यो स्वास्थ्य बीमा सेवा,  २० गतेदेखि आकस्मिक सेवा समेत नदिने


  • 505
    SHARES
  • २०७९ आषाढ १३ गते सोमबार

    विपी प्रतिष्ठानले बन्द गर्यो स्वास्थ्य बीमा सेवा,  २० गतेदेखि आकस्मिक सेवा समेत नदिने

    काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार २० गतेदेखि स्वास्थ्य सेवा बन्द गर्ने भएको छ । उपकुलपति ज्ञानेन्द्र गिरीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै सो दिनदेखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने उल्लेख गरेका हुन् । 

    प्रतिष्ठानले बोर्डबाट हुनुपर्ने भुक्तानी नियमित हुन नसक्दा आफू आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेको उल्लेख गरेको छ । साथै बोर्डले प्रतिष्ठानले गरेका दाबीहरुलाई एकतर्फी रुपमा विविध शर्तहरु तेस्र्याएर कम भ्यालुएसन गर्ने, रिजेक्ट गर्ने लगायत गतिविधि गर्न थालेको समेत उल्लेख गरेको छ । 

    अहिले प्रतिष्ठानले स्वास्थ्य बीमाबापत मात्रै आम्दानीको ७० प्रतिशत हिस्सा प्राप्त गर्दै आएको उल्लेख गर्दै प्रतिष्ठानले मुख्य हिस्सा भएको आम्दानी नै समयमा प्राप्त हुन नसक्दा प्रतिष्ठानमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको नियमित तलबभत्ता लगायत दैनिक प्रशासनिक खर्च सञ्चालनमा समेत प्रतिकुल प्रभाव पारेको उल्लेख गरेको छ ।

    अब बोर्डले बाँकी सबै रकम भुक्तानी गरेर अहिले उठाइएको समस्या समाधान नभएसम्मका लागि आकस्मिक, बहिरङ्ग र अन्तरङ्ग समेतका सेवा बन्द गर्ने प्रतिष्ठानले जनाएको छ । 

    यसअघि पनि प्रतिष्ठानले सेवा बन्द गर्ने चेतावनी दिएको थियो । तर, मिति नै तोकेर सेवा बन्द गर्ने घोषणा भने गरेको थिएन । काठमाडौंको त्रिवि शिक्षण अस्पतालले सेवा बन्दको घोषणा गरेसँगै प्रतिष्ठानले पनि सेवा बन्द गर्ने उल्लेख गरेको हो । 


    images
    images

    Logo