images
images

१५ अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक


  • 347
    SHARES
  • २०७९ आषाढ १३ गते सोमबार

    १५ अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ । बैंकले ५ बर्षको अवधिको लागि विकास ऋणपत्र २०८४“ज” जारी गरेको हो ।  सो ऋणपत्र २०७९ असार १४ गते बोलकबोल हुनेछ । सो ऋणपत्रको व्याजदर बुधबार बोलकबोल बाटैै हुनेछ ।

    उक्त ऋणपत्र खरिद गर्न चाहाने नागरिकले बुधबार अनालाइन मार्फत बोलकबोल गनुपर्ने छ । खरिदकर्ताले घटीमा  ५० हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमा नबढाइ ५० हजार रुपैयाँले भाग गर्दा निशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउने छन् ।

    राष्ट्र बैंकले जारी गरेको ऋणपत्र बैंक तथा वित्तीय संस्था गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । 

     


    images
    images

    Logo