काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । सो कम्पनी एक आपसमा मर्जर वा प्राप्तिका लागि सम्झौता गरेपछि नेप्सेले आजदेखि शेयर कारोवार रोक्का गरेको हो ।
हिजो आइतबार मर्जर सम्बन्धी सम्झौतापत्रमा सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफको तर्फबाट अध्यक्ष नन्द किशोर शर्माले आइतवार हस्ताक्षर गरेका थिए ।
कम्पनीहरु मर्जरमा जाँदा कारोबार रोक्का हुने ब्यबस्था रहेकोले सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कारोबार रोक्का भएको हो ।