images
images

हेटौँडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ७१ करोड बजेट


  • 370
    SHARES
  • २०७९ आषाढ १२ गते आइतबार

    हेटौँडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ७१  करोड  बजेट

    काठामाडौं ।  हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

    नेकपा एमालेको बहिष्कारका कारण १० असारमा बजेट ल्याउन नसकेको उपमहानगरले आइतबार ११ औं नगरसभाको दोस्रो वैठकमा २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

     उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले आज आयोजित नगरसभा बैठकमा आयव्यय अनुमान सार्वजनिक गरेका हुन्। 

    उपमहानगरले खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक स्रोतबाट ९४ करोड ३६, राजस्व बाँडफाँडबाट ५८ करोड ९३ लाख, प्रदेश विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, संघीय सरकार अनुदानबाट १ अर्ब ६ करोड ९५ लाख र अन्य आय र संघसंस्थातर्फ १ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

    बजेटमा हेटौँडा उपमहानगरपालिकाको कार्यालय तथा प्रशासनिक खर्चतर्फ ३३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बजेट विनियोजन भएको छ भने सामाजिक विकासतर्फ ८३ करोड ६७ लाख १७ हजार रुपैयाँ तथा पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख विनियोजन गरिएको छ । 

    वन तथा वातावरणतर्फ  १२ करोड ६ लाख ८० हजार रुपैयाँ र सुशासन तथा संस्थागत विकासतर्फ ७ करोड ३३ लाख ५० हजार विनियोजन भएको उनले जानकारी दिए। साथै हस्तान्तरण भएका योजनातर्फ ६ करोड ३ लाख ७० हजार बजेट विनियोजन भएको बताइएको छ । बजेटले शिक्षा, स्वास्थ्य र रोजगारीका साथै पूर्वाधार विकासमा जोड दिएको उपमेयर बानियाँले बताए । 

     


    images
    images

    Logo