काठमाडौं । अश्लिल गाली प्रकरणमा पर्यटनमन्त्री प्रेम आलेले माफी मागेका छन् । पर्यटनमन्त्रीबाट राजीनामा दिएपछि पर्यटन मन्त्रालयमा गरेका कामको प्रगति सार्वजनिक गर्दै उनले माफी मागेका हुन् ।
उनले आफू मन्त्री रहँदा बोलेका बोलीका हुन गएको गल्तीलाई नियत नभइ क्षणिक आवेगको परिणतिको रुपमा बुझिदिन समेत उनले आग्रह गरेका छन् ।