काठमाडौं । पहिरोका कारणले काठमाडौं–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिक पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध हो ।
दिउँसो साढे १२ बजेतिर गएको पहिरोले गर्दा सो सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।सो सडकखण्डमा गएको पहिरो हटाउने कार्य जारी रहेको छ ।
पहिरोका कारण मुग्लिनतर्फ आउने र काठमाडौंतर्फ जाने सवारी साधन सडकमै जाममा परेका छन् ।