काठमाडौं । पेट्रोलियम पर्दाथको मुल्य घटेसगैँ सार्वजनिक यातायातको भाडा पनि घट्यो घटेको छ । यातायात व्यवस्था विभागले आइतबार सुचना जारी गर्दै यात्रुवाहन सवारी, मालवाहन सवारी यातायातको भाडा घटाएको हो ।
सरकारले पेटोलियम पर्दाथको मुल्य घटाएपघि यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । मुल्य समायोजन गरेसँगै यात्रुवाहन सवारी भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।
वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक गत असार ६ मा भाडादर समायोजन गरिएको थियो ।