काठमाडौं । साताको पहिलो तिन आज सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो साताको अन्तिम दिन (शुक्रबार) प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार तेजावी सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।