images
images

देशभरका २६७ नगरपालिकाले बजेट ल्याए, २६ नगरपालिकाले ल्याउन सकेनन् 


  • 340
    SHARES
  • २०७९ आषाढ ११ गते शनिबार

    देशभरका २६७ नगरपालिकाले बजेट ल्याए, २६ नगरपालिकाले ल्याउन सकेनन् 

    काठमाडौं । देशभरका २ सय ६७ नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । देशभर २ सय ९३ नगरपालिका रहेकोमा ९१.१३ प्रतिशतले तोकिएकै समयमा बजेट ल्याएका हुन् ।

    नेपाल नगरपालिका सङ्घ नेपालका अनुसार २६ वटा नगरपालिकाले बजेट पेस गरेका छैनन् भने २ वटा नगरपालिका सम्पर्कमै छैनन् । 

    बजेट पेस नगर्नेमा प्रदेश नंम्वर १ का ३ बटा नगरपालिका, मधेश प्रदेशका २०, बागमतीका १ र कर्णालीका २ रहेका छन् भने गण्डकी र लुम्विनिका सवै नगरपालिकाबाट बजेट पेश भएका छन्  । त्यस्तै, सुदूरपश्चिमको बुढी गंगा नगरपालिकाको निर्वाचन हुन बाँकी रहेका र पञ्चदेवल विनायक नगरापालिको बजेट सार्वजनिक भएको छैन  । 

    Status-Asar-10-1.jpg


    images
    images

    Logo