images
images

देशभरका ४३५ गाउँपालिकाले ल्याए बजेट, २५ वटाको आएन, ६ गाउँपालिका 'सम्पर्कविहिन'


  • 321
    SHARES
  • २०७९ आषाढ ११ गते शनिबार

    देशभरका ४३५ गाउँपालिकाले ल्याए बजेट, २५ वटाको आएन, ६ गाउँपालिका 'सम्पर्कविहिन'

    काठमाडौं । देशभरका ४ सय ३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । देशभर ४ सय ६० गाउँपालिका रहेकोमा ९५ प्रतिशतले तोकिएकै समयमा बजेट ल्याएका हुन् ।  

    गाउँपालिका राष्ट्रिय महानसंघ नेपालका अनुसार १९ वटा गाउँपालिकाले बजेट पेस गरेका छैनन् भने ६ वटा गाउँपालिका सम्पर्कमै छैनन् । बजेट पेस नगर्नेमा मधेश प्रदेशका १२, लुम्बिनिका ३, बागमतीका २ र कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका रहेका छन् । 

    प्रदेश १, कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका भने सम्पर्कमै नआएको महासंघले जनाएको छ । असारको १० गतेभित्र बजेट पेस गरिसक्नु पर्ने संवैधानिक र संघीय कानुनमा व्यवस्था छ । बजेट नल्याएका गाउँपालिकाले पनि केही दिनमै सभा गरी बजेट ल्याउने महासंघले जनाएको छ ।

    289435889_984306935566239_9154158254958628526_n.jpg


    images
    images

    Logo