images
images

चाँगुनारायण नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक


  • 455
    SHARES
  • २०७९ आषाढ १० गते शुक्रबार

    चाँगुनारायण नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० लागि १ अर्ब ८२ करोडको बजेट ल्याएको छ । आज बसेको नगरसभा बैठकमा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले उक्त बजेट प्रस्तुत गरेका हुन् । 

    उक्त बजेटमध्ये चालू खर्चतर्फ ७२ करोड ७१ लाख ८३ हजार र पूँजीगत खर्चतर्फ रु १ अर्ब ९ करोड ३ लाख ६३ हजार र विनियोजन गरिएको छ । 

    उक्त बजेटमध्ये नगरपालिकाले आन्तरिक स्रोतबाट २६ करोड २६ लाख, संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट १८ करोड ४९ लाख, राजश्व बाँडफाँटबाट १० करोड ८२ लाख, सशर्त अनुदानबाट ३१ करोड ३० लाख, सशर्त पुँजीगत अनुदानतर्फ १० करोड ९३ लाख, समपूरक अनुदानबाट ४ करोड र विशेष अनुदानबाट २ करोड समेत जुटाउने अनुमान गरेको छ । 

    त्यस्तै, प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानबाट १ करोड ८१ लाख ५५ हजार, सशर्त चालु खर्चतर्फ १ करोड ८९ लाख ४९ हजार, समपूरक अनुदानतर्फ २ करोड ९६ लाख ४० हजार र विशेष अनुदानमा ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । 

    त्यस्तै, सवारी साधनको राजश्व बाँडफाँटबाट ६ करोड ९८ लाख २५ हजार, घरजग्गा रजिष्ट्रेसन बापत ४५ करोड रुपैयाँ प्राप्त हुने समेत अनुमान गरिएको छ । 

    बजेटले वडागत योजनाहरुमा कुल २२ करोड ४५ लाख रुपैयाँ छुट्याएको छ । 


    images
    images

    Logo