images
images

धरान उपमहानगरपालिकाले ल्यायो  १ अर्ब ६८ करोडको बजेट 


  • 445
    SHARES
  • २०७९ आषाढ १० गते शुक्रबार

    धरान उपमहानगरपालिकाले ल्यायो  १ अर्ब ६८ करोडको बजेट 

    काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु एक अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट, नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ ।

    धरानको ११औँ नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले बजेट प्रस्तुत गरेका हुन् । कूल बजेटमध्ये चालुतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४ सय ४२ र पूँजीगतर्फ रु ८१ करोड ९५ लाख ५० हजार ५५८ र वित्तीय व्यवस्थातर्फ ३ करोड २५ लाखको बजेट विनियोजन गरिएको उनले बताए ।

    आन्तरिक राजस्वबाट २५ करोड, संस्थागत आन्तरिक अनुदान ५ करोड २० लाख, सङ्घीय सरकारबाट  ८३ करोड ४ लाख, प्रदेश सरकारबाट ३ करोड ५० लाख ७० हजार, सङ्घीय राजस्व बाँडफाँटबाट  २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट २० करोड र अपुग हुने ११ करोड ३० लाख ८ हजार नगद मौज्दात परिवर्तनबाट स्रोत व्यवस्थापन गरिने उपप्रमुख बेघाले बताए ।

    धरान उपमहानगरले खानेपानी, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद् व्यवस्थापनलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गरेको उपप्रमुख बेघाले जानकारी दिए ।

    धरानका २० वटै वडाहरूमा प्रशासनिकतर्फ २ करोड ५० लाख र कार्यक्रम तथा पूँजीगततर्फ २९ करोड रकम विनियोजन गरिएको छ । सहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि २९ करोड १० लाख र शिक्षा युवा तथा खेलकुदतर्फ ४० करोड ९७ लाख विनियोजन गरिएको छ ।

    स्वास्थ्यतर्फ ४ करोड दुई लाख, सामाजिक विकासतर्फ ५ करोड ८२ लाख २३ हजार, आर्थिक विकासतर्फ रु २ करोड ७२ लाख तथा वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ १ करोड ६८ लाख बजेट विनियोजन गरिएको बेघाले बताए ।


    images
    images

    Logo