images
images

तुलसीपुर उपमहानगरपालिले ल्यायो १ अर्ब ८६ करोडको  बजेट


  • 482
    SHARES
  • २०७९ आषाढ १० गते शुक्रबार

    तुलसीपुर उपमहानगरपालिले ल्यायो १ अर्ब ८६ करोडको  बजेट

    काठमाडौं । तुलसीपुर उपमहानगरपालिकाले १ अर्ब ८६ करोडको  बजेट बजेट ल्याएको छ । उप–महानगरपालिकाको ११ औं नगरसभाले  बजेटले आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार रुपैयाँको बजेट ल्याएको हो । 

    उपमहानगरपालिकाले चालूगत तर्फका कार्यक्रमहरु, प्रशासनिक खर्च र कार्यालय सञ्चालनतर्फ कुल खर्च ४७ करोड ७२ लाख ७७ हजार रुपैयाँ  चालूगत २५.५९ प्रतिशत रकम विनियोजन गरेको हो । त्यस्तै विकास र शसक्तीकरण , सशर्तका तर्फ कुल खर्च १ अर्ब ३७ करोड ९७ लाख ७९ हजार रुपैयाँ रहेको छ । पुँजीगततर्फ उपमहानगरपालिकाले कुल बजेट खर्चको ७३.९९ प्रतिशत विनियोजन गरेको छ । 

    संघीय सरकारबाट प्राप्त हुने अनुदानहरूमा समानीकरण अनुदान ३३ करोड ६२ लाख रुपैयाँ, सशर्त अनुदान ६२ करोड ९१ लाख रुपैयाँ, समपूरक अनुदान १ करोड ६० लाख रपैयाँ, विशेष अनुदान १ करोड ३० लाख रुपैयाँ र राजश्व बाँडफाँड रकम २३ करोड ५५ लाख ३ हजार रुपैयाँकाे बजेट ल्याएको हो । 


    images
    images

    Logo