images
images

हेटौँडामा मेयरलाई एमालेको चरम असहयोग, बजेट आउनै सकेन


  • 392
    SHARES
  • २०७९ आषाढ १० गते शुक्रबार

    हेटौँडामा मेयरलाई एमालेको चरम असहयोग, बजेट आउनै सकेन

    काठमाडौं । हटौँडा उपमहानगरपलिकामामेयर मीना लामामाथि एमालेले चरम असहयोगको नीति लिएको छ । शुक्रबार बोलाइएको नगरसभा बैठकमा बहुमत सदस्य रहेको नेकपा एमालेबाटनिर्वाचित जनप्रतिनिधहरु उपस्थित नहुँदा नगरसभा नै प्रभावित हुन पुगेको हो । 
     
    स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था अनुसार अनुसार निर्वाचित सदस्यमध्ये बहुमत सदस्य उपस्थित रहनुपर्ने व्यवस्था छ । तर, बिहान १० बजे बोलाइएको उक्त बैठकमा ९५ जना नगरसभा सदस्यमध्ये ४० जना मात्रै सहभागी भएपछि हटौँडा उपमहानगरपलिको नगर सभा स्थगित भएको छ ।

    स्थानीय सरकारमा जनप्रतिनिधिको प्रतिनिधित्व पार्टीगत हुँदैन । जनप्रतिनिधिले स्वविवेकमा कुनै प्रस्तावउपर समर्थन वा विरोध गर्न पाउने र उनीहरुउपर पार्टीको ह्विप समेत नलाग्ने व्यवस्था रहे पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीबाट निर्वाचित मेयरलाई असहयोग गर्ने रणनीति अन्तर्गत नगरसभा बहिस्कार गरेका हुन् ।


    images
    images

    Logo