काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८०काे लागि तथा बजेट प्रस्तुत गर्दै ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रमपछि यस्तो बजेट आएको हो ।
ललितपुर महानगरले कल सेन्टर चलाउने नीति तथा बजेटमा रहेको छ । यस्तै ललितपुर महानगरपालिकाले उपभोक्ता समितिबाट निर्माण गराउँदा विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने नीतिमा लिइएको छ ।
ललितपुर महानगरपालिकाले ‘डा.सत्यमोहन जोशी एकेडेमी’ स्थापना गर्ने घोषणा गरेको छ । महानगरपालिकाले शुक्रबार नीति तथा बजेट प्रस्तुत गर्दै महानगरपालिका क्षेत्रभित्र सामुदायिक पुस्तकालय स्थापनामा जोड दिँदै संघसंस्थाको सहकार्यमा एकेडेमी खोल्ने घोषणा गरेको हो । यसका साथै ‘सेवा प्रवाह वकास व्यवस्थापनका सन्दर्भमा महानगरबासीहरुका गुनासो व्यवस्थापन गर्न कल सेन्टरको स्थापना गरी कार्यान्वयन गरिने छ,’ बजेटमा उल्लेख गरिएकाे छ ।



