काठमाडौं । चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । बिहिवार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई राजदूतमा नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी छिन् । श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले जेठ ३ मा अनुमोदन गरेको थियो ।
श्रेष्ठसहित २० मुलुकका लागि मन्त्रिपरिषद् बैठकले गत चैत २४ मा राजदूत प्रस्ताव गरेको थियो