images
images

वीरगन्ज नाकाबाट इन्धन आयातमा ७८ प्रतिशतले वृद्धि


  • 405
    SHARES
  • २०७९ आषाढ ९ गते बिहीबार

    वीरगन्ज नाकाबाट इन्धन आयातमा ७८ प्रतिशतले वृद्धि

    काठमाडौं । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक बर्षको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी हुने इन्धन आयातमा ७८ प्रतिशतले वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
       
    गत आर्थिक वर्ष २०७७/७८ को साउनदेखि जेठसम्ममा वीरगञ्ज नाका प्रयोग गरी ७४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ बराबरको १४ लाख १८ हजार २ सय १७ किलोलिटर डिजेल, पेट्रोल, मट्टितेल हवाई इन्धन आयात भएको थियो । चालु आर्थिक बर्ष २०७८/७९ को सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि १ खर्ब ५३ अर्ब ३६ करोड ७ लाख रुपैयाँ मुल्यको २५ लाख ३१ हजार ६ सय ६० किलो लिटर इन्धन आयात भएको छ । यो गत आर्थिक बर्ष भन्दा ७८.५१ प्रतिशत बढी इन्धन आयात हो ।

     त्यस्तै, वीरगञ्ज नाकाबाट हुने खाना पकाउने एलपिजी ग्याँसको आयातमा समेत करिब ८ प्रतिशतले वृद्धी भएको छ । गत आर्थिक बर्षमा २ लाख ३९ हजार ६ सय ३८ मेट्रिक टन ग्यास आयात भएकोमा चालु आर्थिक बर्षको सोही समयमा १८ हजार ५ सय मेट्रिक टन बढी आर्थत २ लाख ५८ हजार १ सय५० मेट्रिक टन बढी आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

     नाकाबाट डिजेल, पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने ग्यासको आयात बढेपनि मट्टितेलको आयात ३० प्रतिशतले घटेको छ । गत आर्थिक बर्षमा ११ हजार २ सय २० किलोलिटर इन्धन आयात भएकोमा चालु आर्थिक बर्षमा ३ हजार ३ सय ६० किलोलिटर कम अर्थात ७ हजार ८ सय ६०किलोलिटर आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

    उहाँले वीरगन्ज नाकाबाट भित्रिएका डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन र खाना पकाउने ग्यासबाट गत आवभन्दा चालु आर्थिक बर्षमा करिब ३४ प्रतिशत बढी राजस्व सङ्कलन भएको बताए । गत आर्थिक बर्षमा ५४ अर्ब ५३ करोड ९२ लाख रुपैयाँ रुपैया राजश्व सङ्कलन भएकोमा चालु आर्थिक बर्षमा १८ अर्ब २८ करोड ३४ लाख रुपैयाँ बढी अर्थात ७२ अर्ब ८२ करोड २६ लाख रुपैया सङ्कलन भएको बताए । नेपालका लागि आवस्यक ७० प्रतिशत इन्धन र ८५ प्रतिशत खाना पकाउने एलपी ग्यास वीरगन्ज नाकाबाटै हुने गरेको छ । 


    images
    images

    Logo