images
images

बस पल्टिदा एक महिलाको मृत्यु, ११ जना यात्रु घाइते


  • 570
    SHARES
  • २०७९ आषाढ ९ गते बिहीबार

    बस पल्टिदा एक महिलाको मृत्यु, ११ जना यात्रु घाइते

    राजविराज ।  सप्तरीमा बस दुर्घटना हुँदा आज १ जना महिलाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा पल्टिएर दुर्घटना भएको हो ।

    सो दुर्घटनामा नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ४०/ ४५ बर्षीया महिलाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

    उक्त बसमा सबार ११ जना घाइते समेत भएका छन् । घाइतेमध्ये ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयय भारदहले जनाएको छ । दुर्घटनापछि बसका चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    पूर्वबाट पश्चिमतर्फ जाादै गरेको ना.५ ख १८९८ नम्बरको यात्रुबाहक बस अचानक अनियन्त्रित भएर सडकभन्दा २० फिट तल खसेर दुर्घटना भएको थियो । 


    images
    images

    Logo