काठमाडौं महानगरपालिकाले अब आ–आफ्नै घरमा कुहिने र नकुहिने फोहोर छुट्याउनका लागि आग्रह गरेको छ । साउन १ गतेबाट लागुहुने गरि महानगरले कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नको लागि अनुरोध गरेको छ ।
महानगरको अनुरोधको अवज्ञा गरेर कुहिने र नकुहिने फोहोर एकैठायमा मिसाएर दिए महानगरले एक पटकमा ५ सय रुपैयाँ जरिवाना गर्ने समेत बताएको छ । यसरी छ छुट्याइएको फोहोर महानगरले छुट्टाछुट्टै दिनमा संकलन गर्ने समेत महानगरले जनाएको छ ।
ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था भएकाले पनि फोहोर व्यवस्थापन सम्बन्धी कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न उत्पादकको दायित्व पूरा हुने महानगरको अपेक्षा रहेको छ ।