images
images

भक्तपुरमा  भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु 


  • 422
    SHARES
  • २०७९ आषाढ ९ गते बिहीबार

    भक्तपुरमा  भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु 

    भक्तपुर । भक्तपुरमा आज बिहान भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बिहान सवा दुई बजे ट्रिपर र मोटरसाइकल  एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर भक्तपुरको अनुसार सुर्यविनायक आदर्शचोक नजिक जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नं को मोटरसाइकल र सुर्यविनायक तर्फ आउँदै गरेको बा. ४ ख ५२९८ नं को ट्रिपर एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो ।

    सो घटनामा भक्तपुर नगरपालिका–२ व्यासी निवासी १९ वर्षका निश्चल चौगुठी र नामथर वतन नखुलेको अर्का २०/२१ वर्षका पुरुषको ज्यान गएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरूलाई  तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगेकोमा दुई जनाकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृतकको शव भक्तपुर अस्पतालमा रहेको र दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरी वृत्त जगातीको नियन्त्रणमा रहेको छ। ट्रिपर चालक जिल्ला दोलखा मेलुङ गाउपालिका ३ घर भइ हाल काठमाडौं सुकेधारा बस्ने ३५ वर्षीय धन बहादुर थोकरलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ । 

    घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo