images
images

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित


  • 339
    SHARES
  • २०७९ आषाढ ८ गते बुधबार

    काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

    काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ । आज बसेको नगरसभा बैठकले नीति तथा कार्यक्रमलाई सर्वसम्मत रुपमा पारित गरिएको हो । 

    आज बसेको नगरसभा बैठकमा ११ जना नगरसभा सदस्यले बोल्दै विभिन्न संशोधन र सुझाव प्रस्तुत गरेका थिए । मेयर बालेन्द्र शाहले सबै सुझावहरु राम्रो भएको भन्दै स्रोत र साधनले भ्याएसम्म सबै सुझवलाई समेट्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

    शाहको प्रतिवद्धतापछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गरेका थिए । नीति तथा कार्यक्रमको पक्षमा पक्ष, विपक्ष र तटस्थ मत विभाजन गर्दा सबै सदस्य पक्षमा उभिएपछि यसलाई सर्वसम्मत रुपमा पारित भएको घोषणा गरिएको थियो ।  


    images
    images

    Logo