काठमाडौं । ३ हस्पिटलले बीमा सेवा रोक्ने भएका छन् । स्वास्थ्य बीमा शुल्कको भुक्तानी नपाएपछि बीएण्डसी मेडिकल कलेज, नोबेल मेडिकल कलेज र विराज मेडिकल कलेजले बुधबार पत्रकार सम्मेलन गर्दै सरकारबाट बाँकी भएको भुक्तानी नपाए बीमा सेवा रोक्न बताएका हुन् ।
हस्पिटलको पत्रकार सम्मेलन गर्दै बाँकी रहेको शुल्क असार २० गते भित्र भुक्तानी नपाए सेवा रोक्ने बताएका छन् । विएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईका अनुसार विएण्डसीको ४५ देखि ५० करोड रुपैयाँ र नोवेलको ५४ करोड रुपैयाँ भन्दा माथि स्वास्थ्य बीमा वापतको रकम भुक्तानी गर्न बाँकी रहेको छ ।
हस्पिटलहरुले दैनिक १ हजार जनालाई स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।