images
images

क्यान र आओनबीच मध्यरातमा सहमति : बिहान ११ बजेदेखिका सबै उडान सुचारु हुने


  • 327
    SHARES
  • २०७९ आषाढ ८ गते बुधबार

    क्यान र आओनबीच मध्यरातमा सहमति : बिहान ११ बजेदेखिका सबै उडान सुचारु हुने

    काठमाडौं । बिहान ११ बजेदेखिका सबै उडानहरु सुचारु हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच मध्यरातमा भएको सहमति अनुसार बिहान ११ बजेदेखिका सबै उडानहरु सुचारु राख्ने सहमति भएको हो । 

    अधिकांश टिकट क्यान्सिल भएपछि बिहानदेखिका जहाज चलाउँदा अप्ठ्यारो गर्ने भन्दै ११ बजेदेखिको समय मागेपछि क्यान सो समयदेखि जहाज सञ्चालन गर्न सहमत भएको थियो । 

    प्राधिकरणले लाइसेन्स खारेज गर्ने चेतानवी दिएपछि राती भएको वार्ता अघि नै बुद्ध एयरले नियमित जहाज सञ्चालन गर्ने घोषणा गरेको थियो । झन्डै ६० प्रतिशत शेयरहिस्सा भएको बुद्धको घोषणासँगै अरु कम्पनीलाई समेत जहाज सञ्चालनमा दवाव सिर्जना भएको थियो । 

    सोही दबाबपछि भएको वार्तामा तत्कालका लागि उडान सुचारु गर्ने र अन्य मागका सम्बन्धम आज फेरि बैठक बस्ने सहमति भएको थियो । 


    images
    images

    Logo