images
images

सवारी आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग, साउनदेखि प्रतिबन्ध हटट्ने मन्त्रीको आश्वासन


  • 298
    SHARES
  • २०७९ आषाढ ७ गते मंगलबार

    सवारी आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग, साउनदेखि प्रतिबन्ध हटट्ने मन्त्रीको आश्वासन

    काठमाडौं । नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ । आज  नाडाका अध्यक्ष धु्रवबहादुर थापाको नेतृत्वमा गएको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी आयातमा लगाईएको प्रतिबन्ध हटाउन आग्रह गरेको हो ।

    देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै उद्योग मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै चालु आर्थिक वर्षका लागि (असार मसान्तसम्म) विभिन्न १० वस्तुको आयातमा रोक लगाएको थियो । जसमा कार, जीप, भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा रोक लगाइएको थियो ।

    नाडाले सरकारले उक्त निर्णय खारेज गरी अटोमोबाइल व्यवसायीलाई आफ्नो व्यवसाय गर्ने वातावरण सिर्जना गर्न उद्योगमन्त्रीसँग आग्रह गरेको हो । अध्यक्ष थापाले मन्त्री बडूसँग पछिल्लो समय अटोमोबाइल्स क्षेत्रमा ८० प्रतिशत ह्रास आएको बताए । 

    नाडाले अटो एक्सपो २०२२ आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म आयोजना गर्न लागेको भन्दै उक्त समयमा निजी सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन समेत आग्रह गरेको छ ।

    अटो मोबाइल्स व्यवसायीसँगको भेटमा मन्त्री बडूले सरकारले असार मसान्तसम्म मात्रै आयातमा रोक लगाएको भन्दै धैर्य गर्न व्यवसायीलाई आग्रह गरेका थिए । उनले आगामी साउन १ गतेदेखि सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध फुकुवा हुने आश्वासन दिएको नाडाले जनाएको छ ।


    images
    images

    Logo