images
images

आफैंलाई अपहरण गराउने व्यक्ति विराटनगरबाट पक्राउ 


  • 258
    SHARES
  • २०७९ आषाढ ७ गते मंगलबार

    आफैंलाई अपहरण गराउने व्यक्ति विराटनगरबाट पक्राउ 

    काठमाडौं । आफैंलाई पक्राउ गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।  सप्तरीको राजगढ गाउँपालिका–३ घर भइ हाल इमाडोल बस्ने कृष्णकुमार शर्मालाई आफ्नै अपहरण गराएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । 

    असार १ गते शर्मा आईएमईबाट पैसा पठाउन जान्छु भन्दै निस्किएका थिए । भोलिपल्ट उनले परिवरका सदस्यसँग अर्कै व्यक्तिलाई फोन गर्न लगाएर २० लाख फिरौती मागेका थिए । अपहरणा गरेको भन्दै उनैले बनाउन लगाएको भिडियो क्लिप लगायत अनुसन्धानका आधारमा प्रहरीले यो अपहरण नक्कली भएको पत्ता लगाएको थियो । 

    त्यसपछि खोजी गर्दा उनलाई विराटनगरबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई अहिले सातदोबाटो वृत्तमा राखिएको छ । 


    images
    images

    Logo