काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले ७ निर्णयहरु गरेका छन् । बैंठकमा जय पृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने भएको छ ।
त्यस्तै सो बैंठकले एसपीपी सम्झौता पनि अघि नबढाउने निर्णय गरेको छ । सबै सरकारी निकायहरुले कुटनितिक सम्बन्ध विषयमा पत्राचार गर्दा अनिवार्य परराष्ट्र मन्त्रालय मार्फत गर्नुपर्ने पनि सो बैंठकले निर्णय गरेको छ । नेपाल प्रसाशन सामुहीकरण तर्फको राजपत्राङिकत् विशिष्ट पदको श्रेणीमा सहसचिब विनोद प्रकाश सिंहलाई बढुवा गर्ने भएको छ ।
त्यस्तै सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवाराज अधिकारीलाई निलम्बन गर्ने निर्णय सरकारले गरेको छ । र निज उपर जाँचबुझ कार्य अघि बढाउने भएको छ । । कोहलपुर सुर्खेत १ सय ३२ केभी प्रसारणलाइन आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय सरकारले गरेको छ । त्यसैगरि सोमबारको बैठकले राष्ट्रिय समाचार समितिको रिक्त रहेको अध्यक्ष पदमा धर्मेन्द्र झा लाई नियुक्त गर्ने निर्णय भएको छ ।



