काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
आइतवार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अधिकारीलाई निलम्बन गर्न प्रस्ताव गरेको थियाे । अधिकारीले वित्तीय हानि नोक्सानी पुर्याएको आरोपसहित उनलाई निलम्बन गर्न मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियाे ।