काठमाडौं । दुई रङको सिलिन्डर कार्यान्वयनमा समस्या भएपछि नेपाल आयल निगमले ग्यासको बास्ना पनि दुइथरी बनाउने भएको छ । निगमका कार्यकारी निर्देशक उमेश थानीले औद्योगिक र घरायसी उद्योगका लागि छुट्टै वास्ना, रङ र मात्राको सिलिन्डर कार्यान्वयनमा ल्याउने बताएका हुन् ।