काठमाडौं । नेपाल वायुसेवा कम्पनीले हवाई भाडा बढाएको छ । कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले सोमबार हवाई भाडादर बढाएको हो ।
नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले समेत हवाई भाडा बढाएका हुन् । यसअघि उडान हुने गन्तव्यमा १ सय ७० रुपैयाँदेखि ८ सय ४० रुपैयाँसम्म भाडादर बढेको छ । भाडा बढेसँगै अब काठमाडौं–धनगढीको भाडादर १६ हजार ८ सय ५ रुपैयाँ पुगेको छ । काठमाडौंबाट सबैभन्दा कम सिमराका लागि १ सय ७० रुपैयाँ भाडा बढेको छ । भाडा बढेसँगै अब काठमाडौं–सिमरा भाडादर ४ हजार १ सय ९५ रुपैयाँ पुगेको छ ।
संघका अनुसार बढेको नयाँ भाडादर बुधबारदेखि लागु हुने छ ।
