काठमाडौं । इन्धनको मुल्य वृद्धिबारे सभामुख अग्रिप्रसाद सापकोटाले सरकारलाई रुलिङ गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले)का सांसद पद्मा अर्यालले मूल्यवृद्धिले जनतालाई आहात बनाएको भन्दै मन्त्रीले जवाफ दिनुपर्ने माग गरेकी थिइन ।
सांसद अर्यालको उक्त मागपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारलाई उचित जवाफ दिन निर्देशन दिएका थिए। सामान्यरुपमा इन्धनको मूल्यवृद्धि भएको देखिए पनि यसले बजारमा चरम महँगी बढाउने भन्दै जनता निरास बनाउने काम गरिएको सांसद अर्याल भनाइ छ ।