काठमाडौं । सरकारले पेट्रोलियम पर्दाथको मुल्य बढेसगैँ सार्वजनिक सवारी साधनको मुल्य पनि बढाएको छ । सोमबार यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको मुल्य बढाएको हो । नेपाल आयल निगमले आइतबार राति पेट्रोल लिटरको २१ रुपैयाँ र डिजल २७ रुपैयाँ बढाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि बढेको हो।
पेट्रोलियम पर्दाथको मुल्य वृद्धि भएसगैँ यात्रुवाहक सवारीको भाडामा ५.३० प्रतिशतले वृद्धि गरेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडामा ६.९४ प्रतिशतले वृद्धि गरेको छ ।
त्यस्तै, तराईमा सञ्चालन हुने मालवाहक सवारीको भाडामा ७.७ प्रतिशतले वृद्धि गरेको छ । यसका साथै छोटो दुरीको लागि ३९ रुपैयाँ र लामो दुरीको लागि ७६ रुपैयाँ सम्म वृद्धि गरेको छ ।



