काठमाडौं । एकैचोटी सशस्त्र प्रहरीका ३७ जना डीएसपी एसपीमा बढुवाको लागि सिफारिस भएका छन् ।आइतबार बसेको बढुवा समितिको असार ५ गते बसेको बैठकले उक्त सशस्त्र प्रहरीका ३७ जना डीएपी एसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस उपर चित्त नवुझ्ने सशस्त्र प्रहरीका नायव उपरीक्षकहरुले ऐ. नियमवली नियम ५५ बमोजिम बढीमा ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।