काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य २ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइताबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज प्रतितोला २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोवार भएको छ । चाँदीको मुल्यमा स्थिर आइ आइतबार प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोवार भएको चाँदीको मुल्य आज सोही रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।