images
images

३ वर्षभित्र पाइलटमा आत्मनिर्भर बन्न प्राधिकरणको निर्देशन


  • 340
    SHARES
  • २०७९ आषाढ ५ गते आइतबार

    ३ वर्षभित्र पाइलटमा आत्मनिर्भर बन्न प्राधिकरणको निर्देशन

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ वर्षभित्र पाइलटमा आत्मनिर्भर बन्न निर्देशन छ ।  प्राधिकरणले उडान सञ्चालन कार्यलाई थप व्यवस्थित बनाउन आइतबार ६ बुँदे निर्देशन दिंदै प्राधिकरणले यस्तो बताएको हो ।

    जस अनुसार प्राधिकरणले आइतबार एक प्रसे विज्ञप्ति जारी गर्दै भीआईपीहरुले उडान गर्दा हेलिकप्टरमा २ जना पाइलट अनिवार्य राख्नको लाष् िनिर्देशन दिएको छ ।यस्तै, उड्डयन सुरक्षा सुदृढीकरण गर्न प्रत्येक हेलिकप्टर कम्पनीले बढीमा ३ वर्षभित्रमा पाइलट तयार पार्न प्राधिकरणले स्वीकृत गरेको संख्या बमोजिम पाइलट पदपूर्ति गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

    यसका साथै उडान सुरक्षा जोखिम मूल्यांकन र जोखिम न्यूनीकरणका लागि एक स्वचालित प्रणाली सञ्चालनमा ल्याउन वायुसेवा कम्पनीलाई निर्देशन दिएको हो । यस्तै, प्राधिकरणले हेलिकप्टर उडानका लागि सवै सुरक्षाको मध्यनजर गरी यस्तो प्रणालीबाट हरेक उडानको सुरक्षा सवलीकरणको व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

    हवाईजहाज सञ्चालक कम्पनीहरुले असार १३गतेदेखि तोकिएको आधार विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्न निर्देशन दिएको छ । 

    Capture  987.PNG

     

     


    images
    images

    Logo